काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बसेको बैठकले ‘ए’ डिभिजनका क्लब सहभागी हुने प्रतियोगिता आयोजना गर्न लागेको हो।
प्रतियोगिता वैशाख २० गतेबाट सुरू हुने एन्फाले जनाएको छ।
प्रतियोगितामा लिग खेल्ने १४ क्लब सहभागिता हुने भएको छ। एन्फा महासचिव किरण राईले सो प्रतियोगिताको विजेताले एएफसी क्लब कम्पिटिसन २०२५/०२६ सिजनमा भाग लिन पाउने प्रस्ताव राखेका थिए।
यसैगरी प्रतियोगिताको लागि वैशाख १० गतेभित्र टिम दर्ता गर्ने र वैशाख १५ गतेभित्र न्यूनतम खेलाडी दर्ता गर्ने विषयमा सहमति पनि भएको एन्फाले जनाएको छ ।
प्रतियोगितासँग सम्बन्धित अन्य सबै पक्षहरूको बारेमा आगामी दिनमा छलफल जारी राख्ने निर्णय भएको एन्फाले जनाएको छ ।