छैटौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड सम्पन्न भएको छ। खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना, सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) को मुख्य प्रायोजन तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को मुख्य प्रवर्द्धनमा यो अवार्ड धनगढीमा भएको हो। जसमा खोखोका हेमराज पनेरू र मानमती धामी २०८१ मा वर्ष खेलाडी घोषणा भएका छन् ।

अवार्डमा पनेरू वर्ष खेलाडी पुरुष र धामी वर्ष खेलाडी महिला घोषणा भएका हुन् ।

पुरुषतर्फ पौडीका अथर्व सिंह र महिलातर्फ करातेका मनीषा बोहरा सुदूरपश्चिम आइकन घोषित भए । सिंह वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपको छनोट प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडी हुन् भने बोहरा भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाललाई स्वर्ण पदक जिताउने खेलाडी हुन् ।

दुवै विजेता खेलाडीले नगद २५–२५ हजारसहित ट्रफी प्राप्त गरे । पुरुषतर्फ क्रिकेटका हेमन्त धामी र कबड्डीका खगेन्द्र जोशी तथा महिलातर्फ कबड्डीका मनीषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा थिए ।

फुटबलका कमल लामालाई लाइफटाइम एचिभमेन्ट र क्रिकेटकी रीतु कनौजियालाई स्पेसल अवार्ड प्रदान गरिएको थियो । लामा सुदूरपश्चिममा फुटबल खेलका सुरुवातकर्ता हुन् भने कनौजिया नेपाली महिला क्रिकेट टोलीकी पहिलो ब्याच हुन् ।

उनी अहिले पनि क्रिकेट खेलाडीकै रूपमा सक्रिय छिन् । उनीहरू दुवै जनाले नगद २५–२५ हजारसहित ट्रफी पाए ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile