स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनासंग रियल मड्रिडले अंक बराबरि गरेको छ।
राति भएको खेलमा रियलले लेगानेसविरुद्ध ३-२ गोल अन्तरले जीत निकाल्दै अंक बराबरि गरेको हो।
जीतपछि रियलको २९ खेलबाट ६३ अंक रहेको छ। एक खेल कम खेलेको बार्साको समान अंक रहेको छ।

