काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदै छ ।
उपाधिका लाग दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् ।
सिद्धार्थ क्रिकेट रंगशालामा विहान ९ बजेदेखि फाइनल खेल सुरु हुनेछ । आर्मीको कप्तानी विनोद भण्डारीले गर्दै छन् भने पुलिसको कप्तानमा दिपेन्द्रसिंह ऐरी छन् ।
दुवै टोलीले समूह चरणका ९ मध्ये ८ खेल जितेका थिए । आर्मी मधेश प्रदेशसँग पराजित भएको थियो भने पुलिस आर्मीसँग अन्तिम खेलमा पराजित भएको थियो ।

