काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा आफ्नो जीवन कथामा आधारित ‘अन्जिला’ फिल्म प्रमोसनका लागि नेपाल आइपुगेकी छिन्।
ग्रिस महिला सुपर कपका लागि निस अट्रोमिटौमा आबद्ध रहेर व्यावसायिक फुटबल खेलिरहेकी एन्जिला फिल्म प्रमोसनका लागि नेपाल शुक्रबार आइपुगेकी हुन्।
दर्शकहरुले आफ्नो फिल्म हेरेर भावुक हुँदै गर्दा आफूलाई एकातिर दुःख लागेपनि अर्कोतिर फिल्म मनपराइ दिनुभयो भनेर खुसी पनि उत्तिकै लागेको पनि उनले बताइन्।

