एएफसी वुमन्स एसियन कप २०२६ को छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ। तुलनात्मक रुपमा नेपाल सहज समूहमा परेको छ।
विहिवार भएको ड्र अनुसार नेपालको समूहमा उज्वेकिस्तान, लाओस र श्रीलंका परेका छन्। प्रतियोगितामा नेपालको सबै खेल उज्वेकिस्तानमा हुनेछ।
समूहको छनोट खेल जुन २३ देखि सुरू हुनेछ।
जीत्नै पर्ने दबाबमा रहेका खेलहरुको समूहको विजेता एउटा मात्र टोलिले अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी वुमन्स एसियन कप २०२६ मा छनोट हुनेछ।
छनोटबाट आएका ८ समूहका विजेताले एसियन कपमा स्थान बनाउने छन्।

