स्पेनिस ला लिगा फुटबलमा बार्सुिलोनाले शिर्ष स्थानमा ३ अंकको अग्रतथा बनाएको छ।
राति भएको खेलमा ओसासुनालाई ३-० गोलले हराउदै बार्साले शिर्ष स्थानमा आफुलाई सुरक्षित गरेको छ।
बार्सालाई जीताउन डानि ओल्मो,लेवान्डोस्कि र फेरान टोरेसले गोल गरे।
जीतपछि बार्साको २८ खेलमा ६३ अंक पुगेको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडको समान खेलमा ६० अंक रहेको छ।

