ललितपुर महानगरपालिकाको १०६औं वार्षिकोत्सब अवसरमा आयोजित अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। बुधबार सेमिफाइनलका खेल सम्पन्न भएसँगै उपाधिका लागि भिड्ने टोलीको टुंगो लागेको हाे।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्र कभर्डहल जावलाखेलमा जारी प्रतियोगितामा महिलातर्फ निलकण्ठ नगरपालिकाले आयोजक ललितपुर महानगरपालिका तथा महालक्ष्मी नगरपालिकाले बिगु गाउँपालिकालाई हराउँदै उपाधि नजिक पुगेका हुन्।

निलकण्ठले ललितपुरलाई २५–२० २५–२१ र ३३–३१ काे सेटमा पराजित गर्याे। अर्काे सेमिफाइनलमा महालक्ष्मीले बिगुलाई २५–२०, २५–१९ र २५–११ काे सेटमा हरायाे।

उपाधिका लागि अब महालक्ष्मी र निलकण्ठ भोलि बिहान १० बजे खेल्ने छन् भने सेमिफाइनलमा पराजित ललितपुर र बिगुले तेस्रो स्थानमाका लागि बिहान ८ बजे प्रतिस्पर्धा गर्नेछन्।

यता, पुरुषतर्फ उपाधिका लागि आयोजक ललितपुरले महांकालको सामना गर्नेछ। फाइनल खेल दिउँसाे २ बजे हुनेछ।

ललितपुरले मन्थली ए लाई २५–१६, २५–२१, २०–२५ तथा २५–१९ ले हराउँदै उपाधि नजिक पुगेको हो। अर्को सेमिफाइनलमा मेलुङ गाउँपालिकालाई ३–० को सोझो सेटमा हराउँदै महांकाल उपाधि नजिक पुग्यो। पहिलो सेट २५–१५, दाेस्राे सेट २५–९ र तेस्राे सेट २५–१९ ले आफ्नाे पक्ष्यमा पार्याे।

सेमिफाइनलमा पराजित मन्थली ए र मेलुङले तेस्रो स्थानको लागि बिहवार दिउँसो १२:१५ बजे प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको विजेताले दुवैतर्फ दुई लाख पाउनेछन्। उपविजेता एक लाख, तेस्रो हुनेले ५० हजार पाउनेछन्। जारी प्रतियोगितामा महिलातर्फ ८ टिमको सहभागिता रहेकाे थियाे भने पुरुषतर्फ १४ टिमको सहभागि थिए।

प्रतियोगितामा बिधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार, वेस्ट स्पाईकर, वेस्ट ब्लकर, वेस्ट लिबेरो र वेस्ट प्रशिक्षकले समान ५ हजार पाउनेछन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile