काठमाडौं। फिफा विश्वकप २०२६ मा छनोट भइसकेको अर्जेन्टिना मोनुमेन्टल डे नुनेज स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा ब्राजिललाई ४–१ ले पराजित गरेको हो।
अर्जेन्टिनाले यो सन् १९५९ पछि ब्राजिलमाथि निकालेको सबैभन्दा ठूलो जित हो।
यो नतिजासँगै शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले १४ खेलबाट ३१ अंक पुर्याएको छ। अर्जेन्टिया यो खेल अगाबै विश्वकपमा छनोट भइसकेको थियो। समान खेलबाट २१ अंक रहेको ब्राजिल भने चौथो स्थानमा झरेको छ।

