चितवन जिल्ला फुटबल संघले भरतपुर महानगरको प्रवर्द्धनमा प्रतियोगितामा आयोजना गरेको राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ ।
भरतपुरको कृष्णपुर खेल मैदानमा शनिबार फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले हराएको थियो ।
एपीएफकी सावित्री किसन उत्कृष्ट गोलरक्षक, आर्मीकी विमला बिक उत्कृष्ट डिफेन्डर, एपीएफकै रेनुका नगरकोटे उत्कृष्ट मिडफिल्डर, एपीएफकी रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता र एपीएफका जीवेश पाण्डे उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरूले जनही २० हजार रुपैयाँ प्राप्त गरे ।
त्यस्तै एपिएफकी प्रीति राई प्लेयर अफ द म्याच बन्दै १० हजार रुपैयाँ पाइन् । आर्मीकी चन्द्रा भण्डारी प्लेयर अफ द टुर्नामेन्ट हुदै ४० हजार रुपैयाँ प्राप्त गरिन् ।
विजेता एपीएफले तीन लाख रुपैयाँसहित ट्रफी जितेको छ। उपविजेता आर्मीले १ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

