काठमाडौं । गोर्खाली फिटनेसका उमेश राईले १७औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शनिबार भएको प्रतियोगितामा उनले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई हराउँदै उपाधि कब्जा गरे। राईले १२ लाख नगद, ११ किलोको ट्रफी, मेडल, प्रमाणपत्र, चीन भ्रमणको अवसर र अन्य उपहार पाए।

उनी १६औं संस्करणका पनि विजेता थिए। उपविजेता धिमालले ६ लाख र तेस्रो स्थानका माधव सुवेदीले ३ लाख नगद हात पारे।

नेपाल ब्यायाम मन्दिरले आयोजना गरेको प्रतियोगितामा ६ तौल समूहका विजेताहरूले अन्तिम चरणमा उपाधिका लागि प्रतिस्पर्धा गरे। राई ८० किलोमाथिको तौल समूहमा पहिलो भएर ओभरअलमा पुगेका थिए।

चौथो स्थानका अशिम बाबु गरुङ्गेले २ लाख, पाँचौं स्थानका बिनोद सुनुवारले १ लाख ८० हजार र छैटौं स्थानका सिदान्त जसरोटियाले ५० हजार पाए।

महिला बडी बिल्डिङमा तारा खाइजु पहिलो भइन्। मास्टर्सतर्फ किशोर शाहीले शीर्ष स्थान हासिल गरे। पुरुष स्पोर्ट्स फिजिक १७० सेमीमुनिको समूहमा आकाश श्रेष्ठ र १७० सेमीमाथिको समूहमा रमन तुलाधर विजयी भए।

विजेताहरूलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलगायतले पुरस्कार वितरण गरे। काठमाडौं महानगरपालिका यस प्रतियोगिताको मुख्य प्रायोजक थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile