ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न कोशी प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगितामा झापाका जुनुन राई र निरज सिलवालको जोडी प्रथम भएका छन्।

सुनसरीका लाक्पा शेर्पा र ज्योतिहाङ राईको जोडीलाई पराजित गर्दै राई र सिलवालको जोडी प्रथम भएको हो ।

प्रथम बनेको राई र सिलवालको जोडीले ट्रफीसहित ४० हजार रुपियाँ नगद पुरस्कार पाएको छ । उविजेता बनको शेर्पा र राईको जोडीले ३० हजार रुपैया प्राप्त गरे।

यसैगरी, ताप्लेजुङ जिल्लास्तरीय जुनियर ‘बी’ डबल्सतर्फ गजेन्द्र थलङ र सञ्जुहाङ लिम्बूको जोडी प्रथम भएको छ । रवीन सुनुवार र डेभिट लिम्बूको जोडीलाई पराजित गर्दै प्रथम बनेको थलङ र लिम्बूले २० हजार रुपियाँ पुरस्कार पाएको छ । सुनुवार र लिम्बूको जोडी दोस्रो अर्थात उपविजेता बन्दै १५ हजार रुपियाँ नगद पुरस्कार पाएको छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile