फर्डिनान्डले हस्ताक्षर गरेको जर्सी १ लाख १५ हजारमा विक्री नेपाल सुपर लिग (एनएसएल)को साविक विजेता ललितपुर सिटी एफसीले तेस्रो सिजनको लागि जर्सी सार्वजनिक गरेको छ ।

बिहीबार होटल हिमालयमा आयोजित एक कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले क्लबको आधिकारिक जर्सी सार्वजनिक गरेका हुन। क्लबको दुई जर्सी सार्वजनिक गरिएको छ । एउटा रातो/कालो छ भने अर्को सेतो/रातो छ । जर्सीमा नेवारी हाकुपटासीको रङ झल्किन्छ।

जर्सी अनावरण कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आजको दिन आफ्नो लागि खुशीको दिन रहेको बताए । उनले दोस्रो संस्करणमा ललितपुरले उपाधि जितेको भन्दै यस पटक पनि उपाधि जित्न शुभकामना दिए । दोस्रो संस्करणमा ललितपुरले उपाधि जितेर उन्ले सम्पूर्ण टिमलाई नेवारी भोज खुवाएको र यस पटक पनि त्यो अवसर पाउनेमा उनी विश्वस्त छन्।

यस्तै उनले महानगरले फुटबल क्लबहरुलाई नगद सहित सम्मान गर्दै आएको जानकारी दिँदै ललितपुर सिटीले फेरि एनएसएल जितेमा यस पटक अझ ठूलो सम्मान गर्ने पनि वाचा गरे । तेस्तै जर्सी अनावरण कार्यक्रममा जर्सीको अक्सन पनि गरिएको थियो । इंग्ल्याण्ड तथा म्यानचेष्टर युनाइटेडका पूर्व डिफेण्डर रियो पर्डिनान्डले हस्ताक्षर गरेको ललितपुर सिटीको जर्सी कार्यक्रममा अक्सन गराइएको थियो ।

उक्त जर्सीको बेस प्राइज ५० हजार राखिएको थियो र हरेक बिडमा ५ हजार थपिँदै गएको थियो । धेरैले उक्त जर्सी लिन चाहेका थिए र अन्तिममा सरोज कार्की ले १ लाख १५ हजार बिड गर्दै जर्सी लिन सफल भए । उनले आफू पहिला देखि म्यानचेष्टर युनाइटेड र रियो फर्डिनान्डको फ्यान भएको र उनले केही राम्रो गोल गर्दै टिमलाई जिताएको स्मरण गर्दै जर्सीका लागि लाख माथि खर्च गरेको बताए ।

ललितपुर सिटी एफसीको मार्की प्लेयरमा अनन्त तामाङ रहेका छन्। ललितपुर सिटी एफसीले चैत्र १६ गते उद्घाटन खेल खेल्नेछ। उक्त खेल ललितपुरले काठमाडौं रेजर्स एफ सि विरुद्ध खेल्नेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile