काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा छैटौं जित निकालेको छ ।
शुक्रबार देउखुरीमा भएको खेलमा आर्मीले गण्डकीलाई ६ विकेटले हराएको हो ।
गण्डकीले दिएको ११७ रनको लक्ष्य आर्मीले २६.५ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो ।
ओपनर तृतराज दासले ३७ रन बनाए । बसिर अहमद ३२ रनमा अविजित रहे । गण्डकीका चन्द्र पौडेल, सुबास भण्डारी, बिपिन खत्री र सुदिप अर्यालले १-१ विकेट लिए ।
त्यसअघि शाहब आलमले पाँच विकेट लिएपछि गण्डकी प्रदेश सामान्य योगफलमा रोकिएको थियो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकीले ३०.३ ओभरमा अलआउट हुँदै ११६ रन बनाएको थियो ।
अर्जुन कुमालले ३३ रन बनाए । दीपक डुम्रेले १९ तथा कमल परियारले १७ र कप्तान बिपिन खत्रीले १५ रन बनाए ।
आर्मीका शाहबले १० ओभरमा ४२ रन दिएर ५ विकेट लिए ।
कुशल मल्ल र नरेन साउदले २-२ विकेट लिए ।

