झापा एफसीले आफ्नो टोलीलाई अझ सशक्त बनाउने क्रममा अनुभवी नाइजेरियन स्ट्राइकर अल्हा जी गेरोलाई अनुबन्ध
गरेको छ।

यूरोपियन लिगमा लामो अनुभव बो केको गेरो स्विडेन, डेनमार्क, इरान, इन्डोनेसिया र भियतनामको शीर्ष
डिभिजनमा खेलेका छन्। विशेषगरी , स्विडेनको पहिलो डिभिजनमा उनले लामो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए।

उनले स्विडेनको प्रतिष्ठित क्लब ओस्टरसुन्ड एफके बाट खेल्दै यूईएफए यूरोपा लिगमा समेत गोल
गरेका छन्। त्यसैगरी उनले नाइजेरि या को यू-२० राष्ट्रिय टोली साथै नाइजेरिया राष्ट्रिय टोली बाट समेत खेल्ने अवसर
पाएका छन्।

गेरो को अनुभव र व्यावसायिक खेल शैलीले नेपाली फुटबलमा नयाँ प्रेरणा र अन्तर्राष्ट्रियस्तरको प्रति स्पर्धात्मक भावना
ल्याउनेछ।

उनको आगमनले झापा एफसी मात्र नभई समग्र नेपाली फुटबललाई पनि बलियो बनाउन योगदा नदिने विश्वास
लिएकोछ। झापा एफसीका लागिउनको आगमनले क्लबलाई आक्रमण लाइन अझ सशक्त बनाउने छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile