एपीएफले २० औं राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा एपीएफले नेपाल आर्मीलाई २८–२२ ले पराजित ग¥यो ।

अखिल नेपाल कबड्डी संघको आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २ लाख, १ लाख र ५०÷५० हजार नगद पुरस्कार हात पारे ।

प्रतियोगितामा प्रहरीकी मानमति विष्ट उत्कृष्ट रेडर र एपीएफकी जयन्ती बडू उत्कृष्ट डिफेन्डर घोषित भए । दुवैले ४० इन्चको टीभी पुरस्कार पाए । तीनदिने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टिम सहभागी थिए ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile