राष्ट्रिय महिला फुटबलर प्रीति राई नगद पुरस्कारसहित सम्मानित भएकि छिन् ।

ललितपुरमा आयोजित तेस्रो यलम्बर राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको अवसरमा राईलाई नखिपोट युथ क्लबले २५ हजार रुपियाँसहित सम्मान गरेको हो ।

ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगद पुरस्कार प्रदान गरे।

चैत ४ गतेसम्म चल्ने ब्याडमिन्टन प्रतियोगिताको ६ स्पर्धामा एक सय ३१ खेलाडीको सहभागीता रहेको छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile