नमो बुद्व फुटबल क्लब सप्तरी पाँचथर गोल्डकपको विजेता बनेको छ। प्रतिस्पर्धी मच्छिन्द्र फुटबल क्लब काठमाडौँलाई १–० गोल अन्तरले हराउँदै नमो बुद्वले पाँचौं संस्करणको पाँचथर गोल्डकपको उपाधि चुमेको हो। 

सप्तरीले नगद ११ लाख १ हजार १ सय ११ रुपियाँ  नगद पुरस्कारसहित ट्रफी मेडल र प्रमाण पत्र पाएको छ। उपविजेता मच्छिन्द्रले पाँच लाख ५५ हजार ५ सय ५५ रुपियाँ नगदसहित ट्रफीमा चित्त बुझायो।

शनिबार अपरान्ह फिदिम माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ७२ औँ मिनेटमा सप्तरीका तर्फबाट विदेशी खेलाडी एलेक्सले निर्णायक गोल गरे। 

शनिबारको खेलमा सप्तरीका निर्मल छिरिङ म्यान अफ दि म्याच बने। उहाँले नगद ७ हजार पाँच सयसहित पुरस्कृत भए। यस्तै सप्तरीका दिपेश चाम्लिङ म्यान अफ दि टुनामेन्ट घोषित हुँदै नगद १५ हजार प्राप्त गर्न सफल भए।

प्रतियोगितामा समान ३–३ गोल गर्नुभएका नमो बुद्वका एलेक्स र चर्च ब्वाइजका राज भुसाल सर्वाधिक गोलकर्ता, आयोजक पाँचथर क्लबका निरोश लिङदेन राइजिङ प्लेयर, नमो बुद्वका धनकुमार तामाङ वेष्ट कोच, नमोबुद्वकै विवेक राई वेष्ट मिड फिल्डर, मच्छिन्द्रका देवेन्द्र तामाङ वेष्ट डिफेन्डर, नमोबुद्वका जयरत्न सेख वेष्ट गोलकिपर घोषित हुँदै नगद १५ हजारसहित पुस्कृत भए। 

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile