नेपालकी प्रभा आङदेम्बेले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्सको महिला लङजम्पमा रजत पदक जितेकी छन् ।

भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियममा प्रभाले टी– ४७ क्याटगोरीमा ३.९६ मिटर जम्प गर्दै रजत जितेको प्रशिक्षक विमला राना मगरले जनाएकी छन् । यो स्पर्धामा श्रीलंकाले स्वर्ण जित्यो ।

लङजम्पसहित ३ स्पर्धामा सहभागिताका लागि प्रभाले नाम दर्ता गराएकोमा ४ सय मिटर दौडमा चौथो भइन् ।

प्रभाले बिहीबारै २ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छिन् । उक्त खेल नेपाली समय अनुसार ३ः१५ बजे हुनेछ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile