काठमाडौं ।  केसीए यु-१४ क्रिकेट प्रतियोगितामा नेक्सस क्रिकेट एकेडेमीका दुवै टिमले विजयी सुरुआत गरेका छन्

चुनिखेल बुढानिलकण्ठस्थित काठमाडौं क्रिकेट एकेडेमी को मैदानमा शुक्रबार सम्पन्न खेलमा नेक्सस ‘ए’ ५२ रन र नेक्सस ‘बी’ सुपर ओभरमा विजयी भयो।

प्रतियोगिताको उद्घाटन खेलमा नेक्सस ‘ए’ ले दिएको १०९ रनको लक्ष्य पछ्याएको भक्तपुर म्युनिसिपल क्रिकेट एशोसिएसन १५.३ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेक्सस ‘ए’ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रन बनायो।

खेलमा २९ रन र ३ विकेट लिएकी युनिक गुरुङ प्लेयर अफ दि म्याच घोषित भइन्।

यस्तै दोस्रो खेलमा हिमालयन क्रिकेट एकेडेमी ‘बी’ लाई सुपर ओभरमा नेक्सस ‘बी’ ले पराजित गरेको छ।

हिमालयनले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेक्सस ‘बी’ ले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ९४ र नै बनाएपछि खेल बराबरी भयो।

त्यसपछि खेलको निर्णय सुपर ओभरमा नेक्सस ‘बी’ विजयी भयो। खेलमा २२ रन र १ विकेट लिएका नेक्सस ‘बी’ का विधानराज बस्नेत प्लेयर अफ दि म्याच घोषित भए।

सहभागी टोलीहरू :
१. हिमालयन क्रिकेट एकेडेमी ए
२. नेक्सस क्रिकेट एकेडेमी ए
३. ओएसिस क्रिकेट एकेडेमी
४. भक्तपुर म्युनिसिपल क्रिकेट एशोसिएसन
५. हिमालयन क्रिकेट एकेडेमी बी
६. नेक्सस क्रिकेट एकेडेमी बी
७. बल पार्क क्रिकेट एकेडेमी
८. भक्तपुर क्रिकेट सेन्टर
९. हिमालयन क्रिकेट एकेडेमी सी
१०. सीईसी भक्तपुर
११. किंग्स क्रिकेट एकेडेमी
१२. काठमाडौं क्रिकेट एकेडेमी

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile