काठमाडौं । बागमती लोकतान्त्रिक फुटबल टोली विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै सभापति कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार दशरथ रंगशालामा भएको क्वाटरफाइनलमा बागमतीले पुलिसलाई २-१ ले पराजित गरेको हो । पुलिसले सुजन मगरको गोलमा पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा २ गोल खान पुगेको हो ।

५७ औं मिनेटमा अमित तामाङको पेनाल्टी गोलमा बागमतीले बराबरी गरेको थियो ।

इन्ज्युरी समयमा आइकिन्स बफोरको गोलमा बागमतीले खेल जितेको हो । गोलरक्षक विकेश कुथुको कप्तानीमा रहेको बागमतीले अब सेमिफाइनलमा एनआरटी र फ्रेन्ड्सको विजेतासँग खेल्नेछ ।

चौथो क्वाटरफाइनलमा फ्रेन्ड्स र एनआरटिले आइतबार खेल्नेछन् ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile