काठमाडौँ- साबिक विजेता विभागिय टोलि एपीएफले लगातार एन्फा महिला लिग फुटबलमा दबदबा बनाउदै फाइनलमा प्रवेश गरेको छ । विभागिय डर्बिमा त्रिभुवन आर्मी एफसी विरुद्ध २-१ को पुनरागमन जित निकाल्दै एपिएफ फाइनलमा पुगेको हो।
पराजित भएको आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग क्वालिफायर टु खेल्नेछ ।
एपीएफले उपाधिका लागि बुधबार फाइनलमा क्वालिफायर टु को विजेतासँग खेल्नेछ । पुलिसले शुक्रबार इलिमिनेटरमा बागमती युथ क्लबलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो ।

