काठमाडौं, माघ १०- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको चौथो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ ।

नखिपोटस्थिट फुटसल भिजेलमा बिहीबार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो । सबै गोल टिमका मार्की अभिनव जोशी एक्लैले गरे ।

चार टिम प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, हेडलाइन र बाइलाइन ब्यान्डिजले समान २ खेल जितेका थिए । शिशिर बस्नेत मार्कि रहेको बाइलाइनलाई गोलअन्तरमा उछिन्दै सुवास हुमागाईं मार्की रहेको हेडलाइनले फाइनल पक्का गरेको थियो ।

रिपोर्टरले लिग चरणमा पनि हेडलाइनलाई ५–२ ले हराएको थियो । अन्तिम लिग खेलमा बाइलाइनसँग हारे पनि रिपोर्टर पुगेको हो । फिचर फ्यान्टमसले तीनै खेलमा पराजय भोगेको थियो । अभिनव कुल ११ गोल गर्दै उत्कृष्ट खेलाडी बने ।

प्रतियोगितामा शिशिर बस्नेत इमर्जिङ प्लेयर घोषित भए। त्यस्तै उत्कृष्ट गोलरक्षकमा हेडलाइनका सुजल थापा चुनिए ।

विजेता टिम तथा खेलाडीलाई एन्फाका प्रवक्ता सुरेश शाह र फुटसल भिजेलका प्रोप्राइटरका थमन भुसालले ट्रफी प्रदान गरेका थिए ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile