काठमाडौँ- चर्च बोइज युनाइटेडलाई पराजित गर्दै संकटा क्लब सभापति कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

आजबाट दशरथ रंगशालामा सुरु भएको सभापति कपको उद्घाटन खेलमा संकटाले चर्चलाई ३-० गोलले पराजित गरेको हो।

संकटानलाई जिताउन एबिका रिचार्डले २ गोल गर्दा बोटिङ ओउसुले १ गोल थपेका थिए।

प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको भीआईपीतर्फ ३ सय र साधारणतर्फ १ सय रुपैयाँ टिकट मूल्य निर्धारण गरेको छ । प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउने छ भने उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यसैगरी हरेक खेलमा म्याच फीको रूपमा प्रत्येक टिमले ५० हजार पाउने छन् भने प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ प्रदान गरिने छ ।

सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile