काठमाडौँ । केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा जनकपुर नाइट्सले विराटनगर रेडर्सविरुद्ध शानदार कमब्याक जीत निकालेको छ। पहिलो हाफ सकिदा जनकपुर २२-१५ अंकले पछि परेको थियो।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको खेलमा जनकपुरले विराटनगरलाई ४० -३८ अंकले पराजित गरेको हो।

एनकेएलमा स्वदेशी ६६ र बिदेशी १८ खेलाडी रहेका छन् । थाइल्यान्ड र बंगलादेशका ६–६, श्रीलंकाका र केन्याका ३–३ जना छन् । हरेक टिममा स्वदेशी–बिदेशी गरी १४ खेलाडी रहेका छन् ।

एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स सहभागि छन् । राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन्, जहाँ इलिमिनेटर र क्वालिफायर खेल्दै फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ ।

विराटनगर ब्यान्डिट्सको टोलि: राजु बाबु यादव,सुरज बोहोरा,मिराप थापा मगर, कल्यान भुजेल {कप्तान}, भिसाल चौधरि, सतिस कुमार कुर्मि,अमित कुमार राजभर,सुमित महतो,शुसिल छुनारा, घनश्याम यादव, तिलब गुरुङ, विनय गोसाइन, पोन्टाइसोन नोपाधोन [बि] र रट्टानाकोन योसुङग्वान [बि] । मुख्य प्रशिक्षक- लोक बहादुर विष्ट र सहायक प्रशिक्षक सतिस नयाका

जनकपुर नाइट्सको टोलि: रामु टमाटा (कप्तान), संगम चौधरि, साहिद अन्सारि, हरिस खत्रि, साहिल सेख, गिरिराज रोका मगर,नविन लुहार, सबिम भोजु, रुपक भुजु, विशाल थापा, लक्षममहोन थानुसान [बि] , तानोनज्साक श्रीहिरा [बि], दिलान सन्जय [बि] र छायाफोन कामुने [बि]। मुख्य प्रशिक्षक- पार्बति राई र सहायक प्रशिक्षक- गणेश कृष्ण ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *