काठमाडौँ । केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा जनकपुर नाइड्सले लगातार दाेस्राे जित हासिल गरेकाे छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्काे कभर्डहलमा साेमबार भएकाे खेलमा जनकपुरले धनगढी वाइल्डक्याट्सलाई ३७-३१ काे स्काेरमा पराजित गरेकाे हाे। जितसँगै जकपुरले पाँच अंक जोडेको छ।
यो सँगै जनकपुरले दुई खेलमा १० अंक भएको छ। पराजित धनगढीले पहिलाे एक अंक जोडेको छ। पहिलो खेलमा जनकपुरले हिमालयन रेइडर्सलाई ३५-२४ ले हराएको थियो। धनगढी भने पहिलो खेलमा विराटनगर ब्यान्डिट्ससँग ४६-३४ ले पराजित भएको थियो।
एनकेएलमा स्वदेशी ६६ र बिदेशी १८ खेलाडी छन् । थाइल्यान्ड र बंगलादेशका ६–६, श्रीलंकाका र केन्याका ३–३ जना छन् । हरेक टिममा स्वदेशी–बिदेशी गरी १४ खेलाडी छन् ।
एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स सहभागि छन् । राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन्, जहाँ इलिमिनेटर र क्वालिफायर खेल्दै फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ ।

