काठमाडौं । भारतमा जारी खो-खो विश्वकपमा नेपालको महिला र पुरुष दुबै टोली फाइनलमा पुगेको छ।

उपाधि दाबेदारि टोलिका रुपमा हेरिएको नेपालको दुवै टोलिले फाइनलमा स्थान पक्का गरेका हुन्। पुरुषतर्फ इरानलाई शनिवार ७२–२० ले हराउँदै नेपाली पुरुष टोली फाइनलमा‌ पुगेको हो।

समूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको थियो। नेपालले समूह चरणमा भारतसँगको खेलमा ४१-३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४-८ र पेरुलाई ८०-३४ लाई र भुटानलाई ९८-८ ले हराएको थियो ।नेपाली टोली समूह चरणमा अपराजित रहँदै अघि बढेको थियो।

नेपाली महिला टोलीले पनि सोहि दिन सेमिफाइनलमा युगाण्डालाई हराउँदै फाइनल पुगेको हो।

युगाण्डाविरुद्ध नेपाल ८९-१८ को जीत निकाल्दै फाइनल प्रवेश गरेको हो।

। नेपाली महिला टोली समूह ‘सी’ को विजेताका बनेको थियो। नेपालले पहिलो खेलमा भुटानलाई ९३-२४, दोस्रो खेलमा जर्मनीलाई ७३-३४, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले र चौथो खेलमा बंगालादेशलाई ८४-२४ ले हराएको थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile