काठमाडौँ- उपाधि दाबेदारि टोलि एपिएफले महिला लिग फुटबलमा शानदार जीत दर्ता गरेको छ।
एपिएफले वालिङ नगरपालिकाविरुद्ध १०-० गोलले विजयी बनेको हो।
एपिएफलाई जीताउन रश्मि कुमारि घिसिङले ४ गोल गर्दा सरु लिम्बु र सबिता मगरले २ गोल गरिन्। त्यस्तै प्रिति राई र रेनुका नगरकोटेले समान १-१ गोल गरिन्।
जीतपछि एपिएफले फाइनल चरणको खेलमा अर्को तीन अंक जोडेको छ।

