काठमाडौँ- उपाधि दाबेदारि टोलि चर्च बोइज युनाइटेड एन्फा यू-१६ युथ लिग फुटबलको शिर्ष स्थानमा फर्किएको छ।

एन्फा कमप्लेक्समा भएको खेलमा चर्चले हिमालयन शेर्पाविरुद्ध ४-१ गोलको जीत निकाल्दै शिर्ष स्थानमा उक्लिएको हो। चर्चले विभागिय टोलि एपिएफलाई पछि पार्दै शिर्ष स्थानमा आफुलाई पुर्याउन सफल भएको हो।

चर्चलाई जीताउन आशिक स्याङत्याङले दुई गोद्य गर्दा सुसन थापा मगरले १ गोल थपे। एक गोल भने चर्चले आत्माघाति उपहार पाएको थियो। त्यो उपहार प्रदिप खत्रिले दिएका थिए। त्यस्तै शेर्पाको लागि सिब नेपालिले शान्तवना गोल फर्काए।

चर्चका आशिक तामाङ खेलको प्लेयर अफ द म्याच घोषित भए।

जीतपछि ५ खेलबाट ४ जीत र १ पराजयसहित १२ अंक लिएर शिर्ष स्थानमा रहदा समान खेलमा ११ अंक रहेको एपिएफ दोस्रो स्थानमा रहेको छ। चर्चले लिगमा एक पराजय यहि एपिएफसंग व्यहोरेको थियो।

मात्र १ अंक जोडेको शेर्पा नवौ स्थानमा रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *