काठमाडौँ- जय ट्रफी एलिट कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। आज बिहिबार वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।
पुलिसले जितका लागि दिएको १०३ रनको लक्ष्य पछ्याएको आर्मी २९.२ ओभरमा ७४ रनमा अलआउट हुनपुग्यो।
आर्मीका लागि इम्रान शेखले २८रन बनाउँदा बिनोद भण्डारी र सोमपाल कामीले समान ११ रन बनाए। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
पुलिसका लागि सागर ढकाल र ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । ढकालले सर्वाधिक ६ विकेट लिदा राजवंशीले ४ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसका लागि ओपनर कुशल भुर्तेलले ४५ , दीलिप नाथ ३४, राशिद खान १८ रन बनाएका थिए। आर्मीका साहब आलमले सर्वाधिक ७ विकेट लिदा सोमपाल र बसिर अहमदले समान १-१ विकेट लिए ।

