काठमाडौँ- उपाधि दाबेदारिटोलिबिचको भिडन्तमा मछिन्द्रविरुद्ध थ्री स्टारले सहज जीत निकालेको छ। जीतपछि थ्री स्टारले एन्फा यू-१६ यूथ लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ।
मछिन्द्रको यो दोस्रो पराजय हो, यसअघि पुलिसले २-१ गोलको जीत निकालेको थियो। मछिन्द्र अघिल्लो वर्षको यू-१६ लिगको विजेता टोलि हो।
एन्फा कमप्लेक्समा भएको खेलमा थ्री स्टार ३-० गोलले विजयी भएको हो।
थ्री स्टारको जीतमा सुजल श्रेष्ठ, राज बम र भुपेन्द्र रावतले समान १-१ गोल गरे।
जीतपछि थ्री स्टार ४ खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। पराजित मछिन्द्रको ४ खेलमा ६ अंक रहेको छ।

