काठमाडौँ- प्रिमियर लिग फुटबलमा दुई बलिया टोलि आर्सनल र टोटेनहमबिचको खेलमा आर्सनलले ३ अंक आफ्नो नाममा गराउन सफल भएको छ।
राति आर्सनल घरेलु मैदानमा २-१ गोलले विजयी भयो।
खेलमा अग्रता भने टोटेनहमले लिएको थियो कप्तान सन ह्यङ मिनको गोलमा तर, त्यसपछि टोटेनहमकै डोमिनिकले आत्माघाति गोल गरेपछि खेल बराबरि भएको थियो। त्यसपछि ट्रोसाडले गोल गरेपछि आर्सनलले जीत पक्का गर्यो।
जीतपछि दोस्रो स्थानमा रहेको आर्सनलको २१ खेलबाट ४३ अंक रहेको छ। टोटेनहम समान खेलमा २४ अंक जोड्दै १३औ स्थानमा रहेको छ।

