काठमाडौँ- खेलमा लिएको सुरुवाति अग्रता कायम राख्न नसक्दा विभागिय टोलि एपिएफ संकटा क्लबसंग एन्फा यू-१६ यूथ लिगमा बराबरिमा रोकिएको छ।
एन्फा कमप्लेक्समा डिफेन्डर उत्सव थापाको गोलमा एपिएफले अग्रता लिएको थियो। दोस्रो हाफमा संकटाका कप्तान पेम्बा तामाङले सुन्दर गोल गर्दै आफ्नो टोलिलाई बराबरिमा फर्काएका थिए।
त्यसपछि उपाधि दाबेदारि टोलिका रुपमा हेरिएका दुवै टोलिबाट गोल हुन नसकेपछि दुवै टोलिले १-१ गोलको बराबरि खेल्दै अंक बाढेका छन्।
यो नतिजापछि संकटाले चार खेलबाट ५ अंक जोडेको छ। उता एपिएफको समान खेलबाट ८ अंक रहेको छ।

