काठमाडौँ- नेपालमा हुने फोर नेसन्स कपको खेल तालिका सार्वजनिक भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन ४ गते हुने प्रतियोगिताको तालिका आज आइतबार सार्वजनिक गरेको हो। प्रतियोगिता फागुन ५ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

जसअनुसार नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ। खेल साँझ ५:३० बजे हुनेछ।

सोही दिन पहिलो खेलमा म्यानमार र लेबनान भिड्ने छन्। त्यसपछि नेपालले लेबनानसंग खेल्नेछ। नेपालले आफ्नो अन्तिम खेल फागुन २३ गते म्यानमारसंग खेल्नेछ।

प्रतियोगितामा लिगका शीर्ष दुई टोलीले फाइनल खेल्ने छन्। फाइनल खेल फागुन २६ गते साँझ ५:३० बजे हुनेछ।

एएफसी एसियन कप २०२६ को छनोटको तयारी गरिरहेको नेपालको लागि यस प्रतियोगिता अभ्यास खेलका रुपमा पनि रहने छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *