काठमाडौँ- दुई विभागिय टोलि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भीड्ने भएका छन् ।
पुलिस क्लबले जनकपुरको रामजानकी बहुउद्देश्यीय रंगशालामा बागमती प्रदेशलाई ५ विकेटले पराजित गरेपछि फाइनलमा स्थान पक्का गरेको हो ।
त्यस्तै त्रिभुवन आर्मी क्लबले दुईदिवसीय क्रिकेटमा मधेश प्रदेशलाई ८ विकेटले पराजित गरेपछि फाइनलमा पुलिससंगको भेट पक्का गरेको हो ।
बागमति प्रदेश र मधेस प्रधेशले भने फाइनलमा स्थान बनाउन सकेनन्। चार टोली सहभागी प्रतियोगिताको लिग चरणका खेल दुई दिवसीय संरचनामा भएको थियो ।

