काठमाडौँ- मछिन्द्र फुटबल क्लबले एन्फा यू-१६ युथ लिगमा पहिलो पराजय व्यहोरेको छ। नेपाल पुलिस क्लबसंग मछिन्द्र २-१ गोलले स्तब्ध बन्यो।
सातदोबाटोस्थित एन्फा कमप्लेक्समा भएको खेलमा पुलिसले मछिन्द्रको अपराजित यात्रामा पुर्णविराम लगाएको छ। उता पुलिस भने लिगमा अपराजित रहेको छ।
पुलिसका नसिब हेन्जन खेलको प्लेयर अफ द म्याच बने।
जीतपछि पुलिसको ३ खेलबाट सात अंक पुगेको छ। पराजित मछिन्द्रको समान खेलमा ६ अंक रहेको छ।

