बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको ३८औं संस्करणमा दोहोरो स्वर्ण विजेता सदभाव आचार्य सहित नेपाली गल्फ टिम आज स्वदेश फर्किएको छ। सदभावले प्रतियोगिताको उपाधि जित्दै इतिहास बनाएका थिए।

चार दिने प्रतियोगितामा सदभावले समग्रमा ३–ओभर २९१ को स्कोर निकालेका थिए। यि स्कोरमा उनले ६ स्ट्रोकको फराकिलो अन्तरमा व्यक्तिगत स्पर्धाको उपाधि जितेका थिए। उनी यो च्याम्पियनसिपको उपाधि जित्ने पहिलो नेपाली खेलाडीको हकदार बने। नेपालले सन १९८८ को दोस्रो संस्करण देखि सहभागीता जनाउँदै आएपनि उपाधि जितेको यो पहिलो पटक हो।

सदभाव टिम र व्यक्तिगत दुवैतर्फ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी पनि बने। व्यक्तिगत तर्फ यस अघि सुबाश तामाङले रजत तथा दिपक आचार्यले कास्य जितेका थिए। टिम तर्फ भने सुबाश र सदभावले ३६औं संस्करणमा स्वर्ण पदक जितेका थिए।
त्रिभुवन विमानस्थलमा नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्र कुमार कार्की, महासचिव दिपक आचार्य तथा सदस्य दीपक थापा मगर लगायतले दोहोरो स्वर्ण विजेता सदभाव, टिमतर्फ स्वर्ण जितेका राहुल विके तथा नेपाली महिला खेलाडीद्वय तारा कार्की चित्रकार र सम्झना खत्रीलाई स्वागत गरे।

टिम स्पर्धामा नेपालले बङ्गलादेशको ‘बी’ टिमलाई १६ स्ट्रोकले हराउँदै  स्वर्ण जितेको थियो। सदभाव र राहुलको जोडीले इभन–पार २८८ स्कोरमा स्वर्ण जितेको हो।

प्रतियोगितामा नेपाल सहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, दक्षिण कोरिया, जापान र आस्ट्रेलिया गरी ८ देशका कूल १०० खेलाडीले भाग लिएका थिए ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile