काठमाडौं । कमला कार्की स्मृति प्रतिष्ठानले बक्सिङ खेलाडी ललिता महर्जनलाई शनिबार नगदसहित सम्मान गरेको छ ।

प्रतिष्ठानले स्व. कमला कार्कीको नवौं स्मृति दिवसका अवसरमा हरेक वर्षझै प्रतिष्ठानले खेल क्षेत्रका साथै विभिन्न क्षेत्रमा योगदानपु¥याउने चन्द्रागिरी नगरपालिकामा बसोवास गर्नेलाई सम्मान गर्न आयोजित कार्यक्रममा ललितालाई सम्मान गरेको  हो ।

ललिता नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदकी रजत विजेता हुन् । घरेलु प्रतियोगितामा नेपाल आर्मीको प्रतिनिधित्व गर्ने ललिता ४८ केजी तौलसमूहकी पदक विजेता हुन् । साग बाहेक ललिताले ३ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । ललिता पनि चन्द्रागिरी नगरपालिकाकी बासिन्दा हुन् ।

सोही अवसरमा प्रतिष्ठानले पत्रकार पुष्पा शर्मा, सामाजिक अभियन्ता एलिना महर्जन, वडा १५ की ज्येष्ठ नागरिक वृद्धा ९१ वर्षीया वेली वेल्वासे र वडा १४ की ज्येष्ठ नागरिक ९६ वर्षीया धनमाया श्रेष्ठलाई पनि नगदसहित सम्मान ग¥यो । ललितासहित सबैलाई १५ हजार १ रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरियो ।

त्यसै अवसरमा लोक वाजा संरक्षणमा महत्वपूर्ण योगदान गर्दै आएको वन्थः चा मिसा पुचः लाई पनि प्रशंसा पत्रसहित १ लाख १ रुपैयाँसहित सम्मान गरिएको थियो ।

उनीहरुलाई आमाको घरकी अध्यक्ष दिलशोभा श्रेष्ठ, संघीय सांसद् कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशकी पूर्व खेलकुद मन्त्री रमा आले, बागमती प्रदेशका सांसद केशव पोखरेल, प्रतिष्ठानका अध्यक्ष मोहनकुमार कार्कीलगायतले नैकापस्थित ब्राइट फ्युचरमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे । स्व. कमला कार्की प्रतिष्ठानका अध्यक्ष मोहनकुमार कार्कीकी आमा हुन् ।

उनको २०७२ सालमा निधन भएको थियो । त्यसै वर्ष उनका छोरा मोहनकुमार कार्कीले आमाको नाममा प्रतिष्ठान स्थापाना गरेका थिए ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *