सातदोबाटो युथ क्लबले यू-१६ युथ लिगमा पहिलो जीत निकालेको छ।
सुरुवाति दुई खेलमा पराजय व्यहोरेको सातदोबाटोले आइतबार भएको पहिलो खेलमा विभागिय त्रीभुवन आर्मी क्लबलाई ३-० गोलले पराजित गरेको हो।
सातदोबाटोलाई जिताउन अल्बिन लिम्बु, युवराज शाहि र आयुस खड्काले समान १-१ गोल गरे।
सातदोबाटोका आयुस खड्का खेलको प्लेयर अफ द म्याच घोषित भए।
पहिलो खेलमा सातदोबाटो फ्रेन्डस क्लब कुपन्डोल र दोस्रो खेलमा एपिएफसंग पराजित भएको थियो।
यो नतिजापछि सातदोबाटोले तीन खेलबाट ३ अंक बटुलेको छ। जीतविहिन रहेको आर्मी अंकविहिन रहेको छ।

