काठमाडौं,: नेपालले ३८ औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको टिम इभेन्टमा  स्वर्ण पदक जितेको छ। बङ्गलादेशको ‘बी’ टिमलाई १६ स्ट्रोकले माथ दिंदै नेपालले स्वर्ण हात पारेका हुन। सदभाव आचार्य र राहुल विकेको जोडीले इभन-पार २८८ स्कोर गरे।

सदभावले आज ३-अन्डर ६९ को स्कोर निकाल्दा राहुलले ४-ओभर ७६ स्कोर दर्ज गरे।  आज नेपालले १-ओभर १४५ को स्कोर बनायो। पहिलो दिन नेपालले १-अन्डर १४३ स्कोर जोडेको थियो। सदभावले टिमतर्फ स्वर्ण जितेको यो दोस्रो पटक हो। यसअघि ३६ औं संस्करणमा सुबाश तामाङसँग उनले स्वर्ण हात पारेका थिए।

बङ्गलादेशको ‘बी’ टिमका शफिकुल इस्लाम र रोमन मियाको जोडी दोस्रो भए। १६-ओभर ३०४ स्कोरसहित घरेलु टिमले रजत पदक हात पार्यो। यो जोडीले आज १०-ओभर १५४ स्कोर गर्यो। शफिकुलले आज ४-ओभर ७६ र रोमनले ६-ओभर ७८ मा खेल सकाए। बङ्गलादेशको ‘ए’ टिमका अबु बकर सिद्दिकी र मोहम्मद साहबुद्धिनको जोडीले कास्य पदक प्राप्त गरे। उनीहरूले कुल १८-ओभर ३०६ को स्कोर निकाले।

 नेपाल नम्बर एक सदभाव आचार्यले व्यक्तिगत स्पर्धामा ३६ होलको समाप्तीमा आठ स्ट्रोकको अग्रता बनाएका छन।  बङ्गलादेशका मोहम्मद साहबुद्धिनलाई आठ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा कायमै रहन सफल भएका हुन। पहिलो दिनका लिडर सदभावले दोस्रो दिन पनि ३-अन्डर ६९ स्कोर निकाले।

सदभावले आज १०औँ होलबाट खेलको सुरूवात गरे। १०औँ र ११औँ होलमा एक-एक सट बचाउँदै राम्रो सुरुवात गरे। तर १४औँ होलमा एक सट खेर फाले। १७औँ होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे। यसपछि तेस्रो होलमा बर्डी प्रहार गरेपनि चौथो होलमा डबल बोगीको सामना गरे।  पाँचौँ र नवौँ होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन १-अन्डर ३५ मा सकाए।  

बङ्गलादेशका मोहम्मद साहबुद्धिन समग्रमा २-ओभर १४६ स्कोरमा दोस्रो स्थानमा रहेका छन्। उनले आज २-ओभर ७४ को स्कोर निकाले। श्रीलंकाका चुलिथा पुष्पिका तेस्रो स्थानमा छन्। उनले आज ३-ओभर ७५ खेल्दै समग्रमा ५-ओभर १४९ स्कोर गरे। नेपालका राहुल विके र बङ्गलादेशका शफिकुल इस्लाम ६-ओभर १५० सहित संयुक्तरुपमा चौथो स्थानमा रहेका छन। उनीहरूले आज समान ४-ओभर ७६ को प्रदर्शन गरे।

३६ होलको समाप्तीमा २९-ओभर सम्म खेलेका ५२ गल्फरले  कट बनाएका छन। प्रतियोगितामा कुल १ सय खेलाडीको सहभागीता रहेको थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile