काठमाडौँ- बलियो प्रतिद्वन्धि एथ्लेटिक क्लबलाई पराजित गर्दै बार्सिलोना स्पेनिस कपको फाइनलमा प्रवेश गरेको छ।
राति भएको सेमिफाइनलमा बार्सा २-० गोलले विजयी भएको हो।
गाभि र लामिन यमलले समान १-१ गोल गर्दै बार्साको फाइनलमा स्थान पक्का गराए।
बार्साले आज राति रियल मड्रिड र मालोक्राबिचको विजेतासंग जनवरि १३ मा फाइनल खेल्नेछ।

