काठमाडौँ । सुदुरपश्चिम प्रदेश स्तरीय शारदा क्रिकेट लिग प्रतियोगिता आगामी चैत्रमा हुने भएको छ।

नेपालको पहिलो फेन्टासी एप टिम ११ को मुख्य प्रायोजन र शारदा विद्या निकेतन गोदावरी ८ स्याउले बजार कैलालीको आयोजनामा प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा कुल १२ क्रिकेट टिमको सहभागिता रहनेछ। प्रतियोगिता लिग कम नक आउट फर्म्याटमा संचालन हुनेछ।

प्रतियोगितामा बिजेता, उपबिजेता, सर्बोत्कृष्ट र उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कारका साथै ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

सुदुरपश्चिम प्रदेशमा क्रिकेटको माहोल तताईराख्न यो प्रतियोगिता संचालन हुन गइरहेको शारदा विद्या निकेतनका प्रबन्ध निर्देशक रामचन्द्र शाहीले बताए।

प्रतियोगिता निर्देशक एवं शारदा विद्या निकेतनका संयोजक कृष्ण पुजाराका अनुसार प्रतियोगिताले सुदुरपश्चिम प्रदेशको क्रिकेट विकासमा टेवा पुग्नेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile