नेपालगन्ज, पुस २० गते- बाँके जिल्ला फुटबल संघले मनोनित गरेका पदाधिकारी र महिला फुटबल समितिमा मनोनित पदाधिकारीको पदभार ग्रहण र बधाई कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालगन्जमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य एवम् निवर्तमान सामाजिक विकास मन्त्री रत्न खत्री र बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले मनोनित हुनु भएका पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्दै कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रमुख अतिथी खत्रीले बाँकेको फुटबल विकासमा मनोनित सदस्यले योगदान महत्वपुर्ण हुने बताउनु भयो । उहाँले भन्नु भयो,‘नेपालमा खेलाडीलाई टिकाउन कठिन छ । देशको आर्थिक अवस्थाले पनि धेरै कुराको निर्भर गर्छ । व्यवस्थापनलाई बलियो बनाउन सामुहिक भावनाले काम गर्न सके फुटबलले समाजमा राम्रो सन्देश प्रवाह गर्छ । फुटबल खेल र खेलाडीको विकासमा राज्यको लगानी सहि ढंगले प्रयोग गर्न सक्नु पर्छ ।’ समग्र प्रदेशको खेलकुदको विकासका लागि एउटा दिर्घकालिन योजना बनाएर काम गर्न जरुरी रहेको खत्रीले बताउनु भयो ।

बाँके जिल्ला फुटबल संघले विधानमा भएको व्यवस्था अनुसार संघको गत मंसिर ३० गते बसेको  बैठकले कोषाध्यक्षमा सानु तामाङ, सह–महासचिवमा दिर्घराज आचार्य(कौशल), सरिता थापा शाह र सदस्यमा कर्ण बस्नेतलाई मनोनित गरेको थियो । संघले गत पुस १५ गते बसेको बैठकले महिला फुटबल समितिको अध्यक्षमा नितु शाह चन्द, वरिष्ठ उपाध्यक्षमा नागिन देवी श्रेष्ठ र महासचिवमा सुमित्रा लामिछानेलाई मनोनित गरेको थियो ।

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले फुटबलमा योगदान गर्नु भएको व्यक्तिलाई संघमा मनोनित गर्न पाउँदा खुसी लागेको बताउनु भयो । उहाँले भन्नु भयो,‘फुटबलको विकासमा योगदान गरेका व्यक्तिलाई हामीले संघमा समेटेको छौं । यसले संघमा निकै उत्साह जागेको छ । फुटबलको विकासमा सबैले मिलेर काम गर्ने हो । मनोनित पदाधिकारीहरुले बाँकेको फुटबल विकासमा थप सक्रिय भएर योगदान दिनुहुनेछ भन्ने विश्वास लिएको छौं ।’

कार्यक्रममा मनोनितको तर्फबाट बोल्दै महिला फुटबल समिति बाँके अध्यक्ष नितु शाह चन्दले संघले दिएको महत्वपुर्ण जिम्मेवारीलाई पुरा गर्ने बताउनु भयो । उहाँले भन्नु भयो,‘फुटबल खेलाडीको लागि काम गर्ने अवसर दिनु भएकोमा संघलाई हार्दिक धन्यवाद । महिला फुटबललाई चिनाउनको लागि हामी योजना बनाएर काम गर्नेछौं । महिला खेलाडी उत्पादन गर्न अभियान चलाउँछौं ।’

यसैगरी सह–महासचिव दिर्घराज आचार्य(कौशल)ले बाँकेले गर्व गर्न सक्ने काम गर्ने योजनाका साथ अ गाडी बडनु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो,‘फुटबलका क्षेत्रमा थुप्रै काम गर्न सकिन्छ । बाँकेले फुटबलमा नयाँ इतिहास बनाउन सक्छ । त्यसका लागिका लागि एक्लैले काम गरेर सम्भवन छैन । सामुहिक भावनाबाट काम गर्न सक्नु पर्छ । ’

शनिबार भएको पदभार ग्रहण तथा बधाई कार्यक्रममा एन्फाका पुर्व उपाध्यक्ष गोर्वद्धन सिंह सम्झना, लुम्बिनी प्रदेश फुटबल संघका सदस्य सुरेश श्रीपाठी, मोहन सिंह थापा, पुर्व राष्ट्रिय खेलाडी प्रसिद्ध जंग राणा, निजामुद्दिन सिद्धिकी(मुन्ना), सिद्धान्त जंग राणा लगायतको सहभागिता रहेको थियो ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile