आन्तरिक कार्यक्रमको रुपमा हरेक वर्ष सञ्चालन हुदै आएको सायम कलेजको ” सायम प्रिमियर लिग (एसपिएल)” को पाचौं संस्करणका लागि अक्सन माघ ४ गते हुने भएको छ ।

कलेजमा अध्ययनरत विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने प्रतियोगितामा ४ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा सायम ब्लास्टर्स, सायम सिक्सर्स, सायम सुपर किङ्स र सायम च्यालेन्जर्स नामका टिम सहभागी छन्
एसपिएलको पहिलो र तेस्रो संस्करण सायम च्यालेन्जर्स, दोस्रो संस्करण सायम सिक्सर्स र चौथो संस्करण सायम ब्लास्टर्स च्याम्पियन बनेका थिए । 

प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित ल्याब्रोटोरी माध्यामिक विधालयको खेल मैदानमा हुनेछ । 
अक्सनका लागि मार्की खेलाडीको निर्णय भइ सकेको र ८० खेलाडिको नाम दर्ता भएको छ, जसमध्ये बाट ६० खेलाडीले मात्र विभिन्न क्लब बाट खेल्ने छन।

टि-20 फर्म्याटमा हुने प्रतियोगितामा यो वर्ष भने कलेज बाहिरका व्यवसायीले पनि टिम खरिद गर्न सक्नेछन। खरिद गरिएको टिमको नाम सोही व्यवसायको नाममा परिवर्तन हुने छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile