काठमाडौं, पुस ६ गते । न्युटनले प्रथम हिमरश्मि कप यु–१९ कलेज÷स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

तार्केश्वर नगरपालिका ९ स्थित आयोजक हिमरश्मिको कोर्टमा भएको फाइनलमा न्युटनले एन्जल्स हार्टलाई २६–२४, २५–१४ र २६–२४ को सोझो सेटमा पराजित ग¥यो । हिमरश्मिले जय मल्टिपल क्याम्पसलाई सीधा सेटमा २५–१९, २५–१९ र २५–२२ ले हराउदै तेश्रो भयो । शीर्ष तीन स्थानमा रहनेले क्रमशः २५ हजार, १५ हजार र ५ हजार नगद पुरस्कार हात पारे ।

प्रतियोगितामा न्युटनका राजन परियार प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । हिमरश्मिका सन्देश परियार उत्कृष्ट लिफ्टर, हिमरश्मिकै अमृत अधिकारी उत्कृष्ट स्पाइकर, एन्जल्स हार्टका प्रवीण सुनार उत्कृष्ट सर्भर, न्युटनका सरोज खनाल उत्कृष्ट डिफेन्डर, एन्जल्स हार्टका निर्मल विक उत्कृष्ट ब्लकर तथा न्युटनका कृष्ण साउद उदीयमान खेलाडी चुनिए ।

विजेतालाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, हिमरश्मिका संस्थापक प्रिन्सिपल लोकेन्द्रबहादुर खड्का, हिमरश्मिका अध्यक्ष तीर्थ गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुस २ गतेदेखि सुरु प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरेका थिए ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile