डिफेन्डिङ च्याम्पियन गेटवे एकेडेमी १७ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । गेटवे सेमिफाइनल पुग्ने पहिलो टोली हो ।

मूलपानी मैदानमा गेटवेले गोठाटारलाई ४–० गोलले पराजित ग¥यो । प्रदीप खड्काले ह्याट्रिक गरे भने कृजल श्रेष्ठले १ गोल थपे ।

फेकाको आयोजनामा भइरहेको प्रतियोगितामा कौस्तुभ एकेडेमी र ब्रम्हकुञ्ज क्वाटरफाइनलमा पुगे । कौस्तुभले डेन्सलाई ५–१ गोलले हरायो । कौस्तुभका उत्सव शाहीले २ तथा सुप्लप श्रीमाली, कैलाश लामिछाने र एरिश रम्तेलले समान १–१ गोल गरे । ब्रम्हकुञ्जले गोल्डेन बडलाई २–० ले पाखा लगायो । दुवै गोल शुभम् दफेपतेको नाममा रह्यो ।

बाँकी ३ क्वाटरफाइनल खेल बिहीबार हुनेछ । त्यस दिन ओरिएन्टल र कौस्तुभ, हाइली क्रिएटिभ र एकलब्य तथा श्रमशील र ब्रम्हकुञ्जबीच खेल हुने प्रतियोगिता संयोजक समेत रहेका फेकाका सह–सचिव राजु दाहालले जानकारी गराए ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile