आर्मी फुटबल क्लब झापा कपको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा सोमबार आर्मी सिराहको सलहेस युवा क्लबसँग २-० ले पराजित भयो ।

सलहेसलाई जित दिलायन अभि लामा र आदित्य शाक्यले गोल गरे ।

खेलको १८औं मिनेटमा अभिको गोलमार्फत सलहेसले अग्रता लिएको थियो । उनले मध्यभागबाट गरेको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले डाइभ गर्दै बचाउने प्रयास गरे पनि सफल हुन सकेनन् । बलले ड्रप हुँदै जाली चुमेको थियो ।

आदित्यले दोस्रो हाफमा गोल गर्दै सलहेसलाई सहज जित दिलाए । आर्मीका दुई रक्षकले क्लियर गर्न नसकेको बललाई आदित्यले गोलकिपर विकेशलाई बिट गदै पोस्टको दिशा दिए ।

खेल अनुशासन उल्लंघन गरेको भन्दै रेफ्री श्याम दनुवारले आर्मीका कप्तान भरत खवासलाई खेल सकिएपछि रातो कार्ड देखाएका थिए ।

मंगलबार दोस्रो क्वार्टरफाइनलमा इटहरीको राष्ट्रिय जागृति क्लब र दार्जिलिङको जिटिए क्लब प्रतिस्पर्धा गर्नेछन् ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile