काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सलाई हराउँदै चितवन राइनोज प्लेअफ नजिक पुगेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा चितवनले जनकपुरलाई ३२ रनले पराजित गरेको हो । जितसँगै चितवन तेस्रो स्थानमा उक्लिएको छ ।

१८१ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको जनकपुरले १८ ओभरमा अलआउट हुँदै १४८ रन मात्र बनायो । जनकपुरका लागि जेम्स निशामले विस्फोटक ६५ अर्धशतकीय पारी खेले ।

आसिफ शेखले २३ रन बनाउँदा शुभ कंशकारले १५ र मोहम्मद मोहसिनले १३ रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

चितवनका लागि कप्तान कुशल मल्लले ७२ रन बनाए। त्यस्तै रवि बोपाराले ४४ रन बनाउँदा हसन इसाखिलले २८ र सन्तोष कार्कीले १४ रन बनाए ।

जनकपुरका लागि ललित राजवंशीले दुई तथा जेम्स निसम, हर्ष थाकेर र मोहम्मद मोहसिनले १-१ विकेट लिए ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile