सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले अमेरिकी अलराउन्डर हर्मीत सिंहलाई अनुबन्ध गरेको छ ।

अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टि२० विश्वकपमा अमेरिकाका लागि उच्च प्रदर्शन गर्नुभएका  सिंह सोमबार नेपाल आइपुग्नु भएको छ । उहाँले २३ टि२० आई र १० ओडीआई खेल्नुभएको छ । भारतबाट यू१९ विश्वकप जित्नुभएका सिंहको आगमनले रोयल्सको टोली थप बलियो भएको छ ।

सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा हुनहुन्छ । सुदूरपश्चिमले लिगको ४ खेलमा ३ जितसहित ६ अंक जोडिसकेको छ ।

सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक रहेको छ । रोयल्सले एसपीएलाई एजुकेसन पार्टनर, ग्याजेट पार्टनरमा एक्स एज, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।

हाम्रो टोली – दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), दिल्प्रित सिंह बज्वा (क्यानडा), हर्मीत सिंह (अमेरिका)

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile