काठमाडौं- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिता पहिलो भएको छ।

३३औँ अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा शनिबार भएको खेलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०–१२ को स्कोरे हराउँदै पहिलो भएको हो।

विजेता डब्ल्युएसए च्याम्पियन ट्रफीसहित मेडल तथा प्रमाणत्रप हात पर्न सफल भयो भने दोस्रो तथा उपविजेता जावलाखेले पनि रनअप ट्रफी र मेडल हात पार्यो। विजेता डब्ल्युएसएकी जाेती अर्याल उतकृष्ट खेलाडी घाेषित हुँदा जावलाखेलकी रजनी राई सर्वाधिक स्काेरकर्ता बनिन्। दुबै खेलाडी ट्रफी हात पारे।

प्रतियोगितामा बिआइए, डब्ल्युएसए, जावलाखेल र एससिआइएनएनसहित चार टोली सहभागिता रहेको थियो। जसमा एससिआइएनएन तेस्रो भयो।

यस्तै, प्रतियोगिताको समापन समारोहमा नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ प्रमुख अतिथि तथा एचआइका प्रमुख विरेन्द्र ठगुना विशेष अतिथि, राषिट्रय अपांग महासंघका महासचिव सुगम भट्टराई, एच आइका प्रतिनिधि रमेश वराल, विरुकमल श्रेष्ठ, ग्लोबल कलेजका सूचना अधिकृत धर्मराज ओझा, संघकी अध्यक्ष देवी आर्चायलगायतका अतिथिको उपस्थित रहेको थियो।

विजेता खेलाडीलाई बास्केटबल संका अध्याक्ष भीमसिंह गुरुङ ट्रफी, मेडल र प्रमाणपत्र हस्तानतरण गरेका थिए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile